Rule 33
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को काम, कर्तव्य र अधिकार
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः–
(क) विद्यालयमा लागू गरिने पाठ्यक्रम तथा पठ्यपुस्तक निर्माण गर्ने सम्बन्धमा नीति निर्धारण गर्ने,
(ख) पाठ्यक्रम निर्माणको लागि आवश्यकतानुसार विषय समिति वा उपसमिति गठन गर्ने,
(ग) पाठ्यक्रम तथा पाठ्यपुस्तक स्वीकृति गर्न नेपाल सरकार समक्ष पेश गर्ने,
(घ) पाठ्यक्रम परिमार्जनको नीति तथा प्रक्रिया स्वीकृत गर्ने,
(ङ) पाठ्यपुस्तक लेखन, स्वीकृति तथा प्रयोग सम्बन्धमा नीति निर्धारण गर्ने,
(च) पाठ्यपुस्तक लेखन सम्बन्धमा पारिश्रमिक र वितरण सम्बन्धमा कार्यनीति निर्धारण गर्ने,
(छ) पाठ्यक्रम सम्बन्धी सुझाव लिनको लागि प्रत्येक विकास क्षेत्रमा निर्देशकको अध्यक्षतामा  प्रत्येक जिल्लामा जिल्ला शिक्षा अधिकारीको अध्यक्षतामा समिति गठन गरी सो समितिको काम, कर्तव्य र अधिकार तोक्ने,
(छ१)पाठ्यक्रम विकास तथा गुणस्तर सम्बन्धी आवश्यक काम गर्ने,
(ज) थप पाठ्यसामग्री तथा पाठ्यपुस्तकको सूची स्वीकृत गर्ने,
(ज१) स्वीकृत पाठ्यक्रम तथा पाठ्यपुस्तक मूल्याङ्कन गरी आवश्यकतानुसार संशोधनको लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(ज२)राष्ट्रिय शिक्षा नीतिको अधीनमा रही कुनै खास प्रकृतिका संस्थाले सञ्चालन गरेको विद्यालयमा नेपाल सरकारबाट स्वीकृत पाठ्यक्रमको कुल पाठ्यभारमा फरक नपर्ने गरी थप विषय अध्यापन गर्न स्वीकृतिको लागि नेपाल सरकार समक्ष सिफारिस गर्ने,
(ज३)बहु पाठ्यपुस्तक स्वीकृति सम्बन्धमा नीति तर्जुमा गरी नेपाल सरकार समक्ष पेश गर्ने,
(ज४)आवश्यकता अनुसार आफ्नो काम, कर्तव्य र अधिकार पाठ्यक्रम विकास केन्द्रलाई प्रत्यायोजन गर्ने,
(झ) पाठ्यक्रमको विकास तथा त्यसको गुणस्तरको सम्बन्धमा अन्य आवश्यक काम गर्ने ।